News Summary
Generated by OK AI. Editorially reviewed.- बङ्गलादेशले शेख हसिनाको गृहनगर गोपालगञ्जमा सुरक्षा चुनौती भन्दै बिजिबीका १० प्लाटुन, ड्रोन, बडी क्यामेरा र सशस्त्र सवारीसाधन तैनाथ गरेको छ।
- हसिनाले डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगञ्जमा अवामी लिगका समर्थक सक्रिय भएका छन् र प्रतिबन्धित पार्टीका प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।
- कानूनमन्त्री मो. असदुज्जमानले हसिना प्रत्यर्पण सन्धिमार्फत कानूनी प्रक्रियाअनुसार बङ्गलादेश फर्कने र अपिलको ३० दिने समयसीमा सकिएपछि विकल्प सीमित हुने बताएका छन्।
३० कात्तिक, ढाका (रासस/एएनआई)। बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरेको छ । निगरानीका लागि ड्रोन र बडी क्यामेरा तथा सम्भावित दङ्गा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ ।
हसिनाले डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगञ्जमा अवामी लिगका समर्थक सक्रिय भएका छन् । पार्टी प्रतिबन्धित रहेकाले उनीहरूका प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको समाचारमा उल्लेख छ ।
यसैबीच, कानूनमन्त्री मो. असदुज्जमानले हसिना कानूनी प्रक्रियाअनुसार प्रत्यर्पण सन्धिमार्फत बङ्गलादेश फर्कने बताएका छन् । मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकाले उनले फैसलाविरुद्ध अपिल गर्ने ३० दिने समयसीमा सकिएपछि कानूनी अवसर सीमित हुने मन्त्रीको भनाइ छ ।
सन् २०२४ को जुलाई विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको अभियोगमा हसिनालाई सन् २०२५ नोभेम्बर १७ मा मृत्युदण्डको फैसला सुनाइएको थियो । फैसलाको पूर्ण पाठ सन् २०२६ जनवरी १३ मा प्रकाशित भएको थियो ।
प्रतिक्रिया 4