+
+
Shares

विजय र अञ्जनाको जोडीलाई आफ्नै चुनौती

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १३:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरोज पौडेलको निर्देशनमा बनेको फिल्म ‘सिन्दुरे जात्रा’ मंसिर १८ गते रिलिज हुँदैछ र यसको मुख्य भूमिकामा विजय बराल तथा अञ्जना बराइली छन्।

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’ मंसिर १८ गते रिलिज हुँदैछ । सरोज पौडेलको निर्देशन रहेको यो फिल्मको मुख्य भूमिकामा विजय बराल र अञ्जना बराइली छन् ।

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ पछि यो जोडी पहिलोपटक ‘सिन्दुरे जात्रा’ मा सँगै देखिन लागेको हो । यो जोडी नेपाली सिनेमा उद्योगमा सर्वकालीन ब्लकबस्टर सिनेमा दिने जोडी हो ।

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बक्सअफिसमा ४६ करोड ८० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । जसलाई अहिलेसम्म कुनै पनि सिनेमा र कलाकारले उछिन्न सकेको छैन । त्यसपछि यो जोडी पहिलोपटक ‘सिन्दुरे जात्रा’ मा एकसाथ देखिँदैछ ।

कलाकारको उही जोडी र निर्देशक पनि उही रहेकाले यो सिनेमा पनि सफल हुन्छ भन्ने धेरैको अपेक्षा छ ।

फिल्ममा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय देख्न सकिनेछ ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्ममा निर्देशक पौडेल स्वयंको कथा छ ।

सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता नेम महर्जन हुन् । सह–निर्माताका रूपमा राकेश खड्का र श्याम मगर छन् भने एसोसिएट निर्माता सुमन रञ्जित र लाइन निर्माता अनिश अधिकारी रहेका छन् ।

दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्मका पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी, सुरेन्द्र पौडेल सम्पादक र विशाल घिमिरेको क्रिएटिभ निर्देशक रहेका छन् । यस फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।

मंसिर १८ गते रिलिज हुने फिल्मको वितरण जिम्मेवारी नेसनल सिने ग्रुप नेपालले सम्हालेको छ । फिल्मको थिएटर पार्टनरका रूपमा विग मुभिज रहेको छ भने ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?