+
+
Shares

‘सिन्दुरे जात्रा’ को गीतमा अञ्जना र विजयको यस्तो लुक्स

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते १२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘सिन्दुरे जात्रा’ को ‘बाँसैको सुप्लाखे’ बोलको गीत प्रशान्त सिवाकोटी र मेलिना राईको स्वरमा सार्वजनिक भएको छ।
  • गीतमा सुरज गैरे विवशको शब्द र प्रशान्त सिवाकोटीको संगीत छ, भिडियोमा विजय बराल र अञ्जना बराइली छन्।

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’ को गीत सार्वजनिक भएको छ । ‘बाँसैको सुप्लाखे’ बोलको गीतमा प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर रहेको छ । सुरज गैरे विवशको शब्द रहेको गीतमा संगीत प्रशान्त स्वयंको छ ।

प्रेमिल जोडीको माया दर्शाउने गीतमा प्रेम, लाज, इसारा, विश्वास र आश्वासन छ । प्रेममा रहेका युवा युवतीले इसारा इसारैमा पोखेको मनको भाव छ ।गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारद्वय विजय बराल र अञ्जना बराइली छन् । उनीहरूको आकर्षक नृत्य छ ।

‘सिन्दुरे जात्रा’ लाई सरोज पौडेलले निर्देशन गरेका छन् । विजय बराल र अञ्जना बराइलीको यो दोस्रो सहकार्य हो । यसअघि यो टिमले नेपाली फिल्म इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’ मा सँगै काम गरेको थियो ।

चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय देख्न सकिनेछ ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा छ ।

सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन् । सह–निर्माताका रूपमा राकेश खड्का र श्याम मगर छन् भने एसोसिएट निर्माता सुमन रञ्जित र लाइन निर्माता अनिश अधिकारी रहेका छन् ।

दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रका पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी, सुरेन्द्र पौडेल सम्पादक र विशाल घिमिरेको क्रिएटिभ निर्देशक रहेका छन् । यस चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।

मंसिर १८ गते रिलिज हुने चलचित्रको वितरण जिम्मेवारी नेसनल सिने ग्रुप नेपालले सम्हालेको छ । विग मुभिज थिएटर पार्टनरका रूपमा रहेको छ भने ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?