+
+
Shares

‘तिरिमिरी झ्याइँ’ को पोस्टर सार्वजनिक, प्रदर्शन मिति तोकियो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते १२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हास्यव्यङ्ग्यात्मक फिल्म ‘तिरिमिरी झ्याइँ’ माघ २८ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।

काठमाडौं । हास्यव्यङ्ग्यात्मक फिल्म ‘तिरिमिरी झ्याइँ’ को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । समीरको निर्देशनमा निर्माण भएको फिल्म आगामी माघ २८ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।

पात्रहरूको सामूहिक उपस्थिति रहेको पोस्टरमा चलचित्रका कलाकारहरूलाई फलामे बारभित्र कैद अवस्थामा देखाइएको छ । पोस्टरमा आभास अधिकारी, सुमन कोइराला, रियर राई, सुरज चौलागाईं र सरोज अर्याल देखिएका छन् । उनीहरूको अनुहारमा देखिने फरक–फरक हाउभाउ र भावभङ्गी देखिन्छ ।

आभास अधिकारीको कथा तथा अवधारणामा तयार भएको चलचित्र मनोरञ्जनात्मक र सामाजिक कथामा आधारित छ । फिल्मले दर्शकलाई हँसाउनुका साथै सामाजिक परिवेशसँग पनि जोड्ने निर्माण पक्षको अपेक्षा छ ।

होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमार्फत ‘दले दाइ’ उपनामले चर्चित कमेडियन सुमन कोइरालाले ठूलो पर्दामा डेब्यू गरेका छन्‌। चलचित्रमा वरिष्ठ अभिनेता धिरेन शाक्यसहित आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायतका कलाकारहरूको मुख्य अभिनय रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?