+
+
Shares

साइबर ब्युरो उपस्थित हुँदै कांग्रेस सहमहामन्त्री शिवाकोटी

उनका अनुसार ब्युरोले आइतबार बिहान साढे ११ बजे फोन गरेर दिउँसो १२ बजे उपस्थित हुन भनेको थियो । शिवाकोटी भने दिउँसो १ बजेतिर ब्युरो पुग्ने तयारीमा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते १२:२०

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले आफूलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएकाले उपस्थित हुन लागेको बताएका छन् ।

उनका अनुसार ब्युरोले आइतबार बिहान साढे ११ बजे फोन गरेर दिउँसो १२ बजे उपस्थित हुन भनेको थियो । शिवाकोटी भने दिउँसो १ बजेतिर ब्युरो पुग्ने तयारीमा छन् ।

‘ब्युरोले बोलाएकै समयमा पुग्न नसके पनि एक बजेतिर पुग्छु,’ उनले अनलाइनखबरसँग भने ।

यसअघि पनि साइबर ब्युरोले आफूलाई बोलाएको खबर पाएको तर त्यतिबेला भारतमा रहेकाले उपस्थित हुन नसकेको उनले बताए ।

यसपटक चाडपर्वको बिदाका बेला ब्युरोले बोलाएको भन्दै शिवाकोटीले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘चाडपर्वको बिदाको बेलामा समेत प्रहरीको ताकेता आएपछि एक घण्टापछि साइबर ब्युरोमा पुग्दैछु । आजका सबै भेटघाट सम्भव भएसम्म साइबर ब्युरोमै गर्दैछु ।’

पत्रकार रोशन खड्काले सामाजिक सञ्जालमा आफूले लेखेको विषयलाई लिएर उजुरी दिएको र त्यसैका आधारमा ब्युरोले बोलाएको जानकारी पाएको शिवाकोटीको भनाइ छ ।

उजुरीको विषय र ब्युरोले बोलाउनुको कारणबारे विस्तृत विवरण खुलाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?