+
+
Shares

निजामती ट्रेड युनियनको विवाद संवैधानिक इजलासमा

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते ६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्धको रिट संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ।
  • न्यायाधीश टेकप्रसाद ढुंगाना र चन्द्रबहादुर सारुको इजलासले गम्भीर संवैधानिक व्याख्याको प्रश्न देखाएर मुद्दा संवैधानिक इजलासमा पठाएको हो।
  • नेपाल निजामती कर्मचारी संगठनकी भवानी दाहालले दर्ता गरेको रिटमा सर्वोच्चले यसअघि अन्तरिम आदेश दिएको थियो।

२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले निजामती कर्मचारीहरुको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयलाई संवैधानिक इजलासबाट छिनोफानो गर्ने भएको छ ।

न्यायाधीशहरु टेकप्रसाद ढुंगाना र चन्द्रबहादुर सारुको इजलासले कर्मचारीहरुको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो ।

नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यसमितिको तर्फबाट भवानी दाहालले सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।

सर्वोच्च अदालतले कर्मचारीहरुको रिट निवेदनमा अन्तरिम आदेश दिएको थियो । न्यायाधीशहरु ढुंगाना र सारुले ‘गम्भिर संवैधानिक व्याख्याको प्रश्न’ देखाएर मुद्दालाई संवैधानिक इजलासमा पठाएका हुन् ।

अब प्रधानन्यायाधीशको नेतृत्वमा गठन हुने संवैधानिक इजलासले मुद्दाको छिनोफानो गर्नेछ ।

सरकारले गत साउनमा निजामती कर्मचारीहरुको ट्रेड युनियनलाई खारेज गर्ने निर्णय गरेको थियो । ट्रेड युनियनका नेताहरुले त्यसको विरोध गरेका थिए ।

सरकारले प्रतिनिधिसभामा पेश गरेको संघीय निजामती सेवा विधेयकमा पनि निजामती सेवामा ट्रेड युनियनको परिकल्पना छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?