+
+
Shares

सिन्धुपाल्चोक र कर्मचारी प्रशासनका एसपी हेरफेर

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १२:०८

३ मंसिर, काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख तथा एसपी र प्रहरीको कर्मचारी प्रशासन (कप्र)का एसपीको जिम्मेवारी हेरफेर भएको छ ।

सिन्धुपाल्चोकको प्रमुखमा रहेका एसपी काजिकुमार आचार्यलाई कप्रमा काज सरुवा गरिएको छ ।

त्यस्तैगरी कप्रमा रहेका एसपी निरन्जनदत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको प्रमुखको रुपमा खटाइएको छ ।

यसका साथै प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेतलाई सर्वोच्च अदालत सुरक्षा कार्यालयमा सरुवा गरेको छ । अरु केही डीएसपी तथा इन्स्पेक्टरहरुको पनि जिम्मेवारी हेरफेर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?