+
+
Shares

वर्षमानको स्वीकारोक्ति : जेनजी आन्दोलनको विश्लेषण गर्‍यौं, नेतृत्व गर्न सकेनौं

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते ११:४०

३ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन अगाडि नै त्यसखालको आक्रोशको आफूहरूले विश्लेषण गरेको बताएका छन् ।

युवाहरूमा रहेको आक्रोशको पूर्वानुमान गरेको र त्यसअनुसार त्यसबेलै अभिव्यक्तिहरू संसद्मै समेत दिएको उनी बताउँछन् । तर युवाहरूको आक्रोशलाई एकीकृत गरेर अगाडि बढाउने गरी पार्टीले नेतृत्व लिन नसकेको उनको स्वीकारोक्ति छ ।

दैलेखनमा आयोजित नेकपाको राष्ट्रिय जागरण तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यस्तो विश्लेषण सुनाएका हुन् । ‘एक वर्ष पहिले (जेनजी आन्दोलनको एक वर्ष पहिलेदेखि) लगातार भन्यो नि अब नेपाल बंगलादेश हुँदैछ, हुँदैछ । हुन्छ भन्यो । ओलीजीको आरोप थियो नेपाली कम्युनिस्ट पार्टीकै नेताहरूले गरे, किन यिनीहरूले पहिले आउँछ भन्दै थिए । त्यतिखेर हामी एकीकृत समाजवादी र माओवादी थियौं’ पुनले भने ।

जेनजी आन्दोलनका सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपाकै नेताहरूलाई जोडेर दिएका अभिव्यक्ति पनि स्मरण गर्दै पुनले थपे, ‘यिनीहरूले नै गरे । माधव, प्रचण्डहरूले गरे भने जस्तो उहाँको आक्रोश थियो ।’

विश्वभरिको भूराजनीतिक साम्राज्यवादीहरू, शक्ति राष्ट्रहरू बीचको अँ लडाइँ विश्वभरि आइराखेको प्रविधिमा आइराखेको फेरबदल, युवाहरूलाई पारेको प्रभाव र नेपालमा गरिएको तत्कालीन नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन र उक्त गठबन्धनको गतिविधिले जेनजी आन्दोलनको बलियो पृष्ठभूमि बनाएको नेता पुनको टिप्पणी छ ।

‘त्यो थाहा पाएर हामीले वैज्ञानिक दृष्टिकोणले भन्यौँ । तर ओलीजी त्यसमा तयार हुनुहुन्थेन त्यो (आन्दोलन) आइलाग्यो’ उनले भने ।

यहाँनेर नेता पुनले आफ्नो पार्टीको समीक्षा गरे । ‘जेनजी आन्दोलन हुनु अगाडि सुशासनको नारा हाम्रै थियो’ उनले भने, ‘नेपो बेबी अथवा चाहिँ गुटबन्दी गर्ने, सानो समूहलाई चाहिँ पालनपोषण गर्ने त्यसलाई क्रोनी क्यापिटलिजम भन्छ, आसेपासे पुँजीवाद, दलाल पुँजीवादको एकदम खराब रूप, बिचौलिया प्रवृत्ति । त्यसको विरोध हामीले गरेका थियौँ ।’

पहिलो दिन २३ भदौ २०८२ मा आन्दोलन भएर युवाहरू मारिएको पृष्ठभूमिमा आफूहरूले तुरुन्त सामाजिक सञ्जाल खोल्नुपर्यो र प्रधानमन्त्रीले राजीनामा दिनुपर्यो भनेको उनले बताए । अनि त्यसदिनको हत्याको जिम्मा तत्कालिन सरकारले लिनुपर्यो, छानबिन गरेर कारबाही गर्नुपर्यो भनेको पनि बताए ।

नेता पुनले अगाडि भने, ‘तुरुन्त हामी भोलिपल्ट त सडकमा गएर ठ्याक्कै नेतृत्व लिँदा चाहिँ हामी अर्को ठाउँमा हुन्थ्यौँ होला । त्यहाँ हाम्रो अलिकति मार्क्सवादको विश्लेषण गर्यौं मार्क्सवादले भने जस्तै बदल्नेमा अलिकति पछि पर्दा हामी पनि उसमा (नेतउृत्व लिनेमा) पर्यौँ कि !’

यहीकारण अहिले सबै पुराना पार्टी एउटै हुन्, पुराना नेता एउटै हुन् भन्ने जस्तो हुन पुगेको उनले बताए ।

उनका अनुसार जेनजी आन्दोलनको पहिलो दिन जनताको युवाहरूको स्वाभाविक आक्रोश थियो । दोस्रो दिन घुसपैठ भयो र संविधान खारेज गर्ने, व्यवस्था सिध्याउने तिरको प्रतिक्रान्ति तिर बल पुग्ने गरी प्रदर्शन भयो ।

यस पृष्ठभूमिमा आन्दोलन भएको र मुलुक अगाडि बढेको उल्लेख गर्दै नेता पुनले नयाँ परिस्थितिमा फरक ढंगले अगाडि बढ्नुपर्ने आह्वान नेता/कार्यकताहरूलाइ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?