News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणबारे छलफल गर्न आज बिहान ११ बजे सिंहदरबारमा मन्त्रिपरिषद बैठक बस्दै छ ।
- बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डाबारे छलफल हुने र परराष्ट्र मन्त्रालयले पनि आज प्रेस बिफ्रिङ गर्नेछ ।
- प्रधानमन्त्री बालेनले मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गर्ने तयारी गरेका छन् ।
४ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डाबारे छलफल हुने एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्री बालेनले यही मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गर्ने तयारीमा छन् । सो तयारीबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले पनि आज प्रेस बिफ्रिङ गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4