६ मंसिर, तुलसीपुर । जय नेपाल पार्टीको जिल्ला तदर्थ समिति दाङको अध्यक्षमा पूर्व एसएसपी भेषबहादुर शाह चयन भएका छन् ।
दाङको तुलसीपुरमा आइतबार सम्पन्न भेलाले शाहको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको संस्थापक केन्द्रीस्य सदस्य प्रभातनाथ योगीले जानकारी दिए ।
समितिको उपाध्यक्षमा रमिता चौधरी, सचिवमा झकेन्द्रबहादुर शाह, कोषाध्यक्षमा रेशम चन्द र सहकोषाध्यक्षमा सुषमा योगी चयन भएका छन् ।
समितिमा ललिता थापा, नरेश खडका, रामनारायण शाह, अर्जुन बुढाथोकी, सुमन दुलाल बिक र भोलाप्रसाद योगी सदस्य चुनिएका छन् ।
कार्यक्रम संस्थापक केन्द्रीय सदस्यहरू विश्वदेव शाह, केबि डाङ्गी र प्रभातनाथ योगीको पहलमा सम्पन्न भएको थियो ।
यो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता धवलशमशेर राणाले गत साउनमा स्थापना गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4