+
+
Shares

जय नेपाल पार्टीले सार्वजनिक गर्‍यो संविधान संशोधनसहित आठबुँदे संकल्प

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते २०:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जय नेपाल पार्टीले संविधान संशोधनसहित आठ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिएको छ।
  • पार्टी सभापति धवलशमशेर राणाले संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र प्रदेश संरचनाबारे जनमत संग्रहलाई संविधान संशोधनको प्राथमिकता बताएका छन्।
  • पार्टीले भोटेकोसी–त्रिशूली बाढीपीडितका राहत सामग्री र रकमको विवरण सार्वजनिक गर्न तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खर्च जानकारी दिन माग गरेको छ।

१७ कात्तिक, काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित आठ बुँदे संकल्प सार्वजनिक गरेको छ । आफ्ना माग सम्बोधन नभए चरणबद्ध शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।

पार्टी सभापति धवलशमशेर राणाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र प्रदेश संरचनाबारे जनमत संग्रहलगायत विषयलाई संविधान संशोधनका प्राथमिकताका रूपमा अघि सारेका हुन् । उनले वालेन्द्र शाह नेतृत्वको सरकारले सुशासन, समृद्धि र भ्रष्टाचार नियन्त्रणका लागि विश्वसनीय आधार निर्माण गर्न नसकेको उल्लेख गरेका छन् ।

भोटेकोसी–त्रिशूली नदीको बाढीपीडितका लागि प्राप्त राहत सामग्री र रकमको विवरण सार्वजनिक गर्न र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलित रकमको खर्चबारे जानकारी दिन सो पार्टीले माग गरेको छ ।

सरकारप्रति जनताको अपेक्षा ठूलो भए पनि महँगी बढेको र दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता नहुँदा जनजीवन कष्टकर बनेको जय नेपाल पार्टीको भनाइ छ ।

विभिन्न ८ बुँदे प्राथमिकतालाई राज्यले समयमै सम्बोधन नगरे चरणबद्ध रूपमा शान्तिपूर्ण आन्दोलनका गतिविधि सञ्चालन गर्ने सो पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?