७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ स्थीर छ । युरो र पाउण्डको भाउ भने हिजोको तुलनामा घटेको छ । अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ पनि आज घटेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । हिजो पनि हिजो अमेरिकी डलरको भाउ यही थियो ।
आज युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७ पैसा थियो ।
आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५९पैसा र बिक्रीदर १९४ रुपैयाँ ३८ पैसा छ । हिजो युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा थियो ।
स्वीस फ्र्यांकको भाउ भने हिजोको तुलनामा आज बढेको छ । आज स्वीस फ्र्यांक एकको खरिददर १७६ रुपैयाँ १४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८५ पैसा छ । हिजो स्वीस फ्र्यांक एकको खरिददर १७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६० पैसा थियो ।
आज अष्ट्रेलियन डलरको भाउ घटेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५९ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९५ पैसा थियो ।
आज क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ १८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५९ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा थियो ।
आज सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११५ रुपैयाँ १७ पैसा छ । हिजो सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११५ रुपैयाँ २४ पैसा तोकिएको थियो ।
हेर्नुहोस् आजको विनिमयदर–

प्रतिक्रिया 4