+
+
Shares

मोदीले भने- नेपालबिना हाम्रो धाम पनि अधुरो छ

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १४:१२

७ मंसिर, काठमाडौं । मोदीले भारत र नेपालबीच केवल छिमेकी देशको मात्र सम्बन्ध नभई दुवैको इतिहास, संस्कृति र परम्परा पनि एकअर्कासँग जोडिएको बताए। दुवै देशका जनताबीच सदियौँ पुरानो सम्बन्ध छ।

सन् २०१८ मा गरेको आफ्नो जनकपुर भ्रमणको स्मरण गर्दै उनले भारत र नेपालको सम्बन्ध भगवान् राम र माता सीतासँग पनि जोडिएको बताए। जनकपुरलाई माता सीताको जन्मस्थल मानिन्छ भने अयोध्या भगवान् रामको नगरी हो।

दुवै स्थानको धार्मिक र सांस्कृतिक महत्त्व एकअर्कासँग जोडिएको छ। यही सम्बन्धको चर्चा गर्दै मोदीले भने, ‘नेपालबिना हाम्रो धाम पनि अधुरो छ।‘

भारत र नेपालबीचको सम्बन्धको यही विशेषताले दुवै देशलाई नजिक ल्याउने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?