+
+
Shares

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा अग्निपथको विषयमा छलफलै भएन

भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रिले भ्रमणका क्रममा अग्निपथको विषयमा छलफल नभएको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते २०:१०

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणको क्रममा अग्निपथले गर्दा रोकिएको गोर्खा भर्तीको विषयले प्रवेश नै पाएन । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रिले भ्रमणका क्रममा अग्निपथको विषयमा छलफल नभएको बताएका हुन् ।

प्रधानमन्त्री शाह नेपाल फर्किएपछि नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मिश्रिले यो विषयमा थप जानकारी आवश्यक परे रक्षा मन्त्रालयमा बुझ्न आग्रह गरे ।
भारतले सन् २०२२ मा अग्निपथ योजना लागु गरेपछि नेपालीहरूको भारतीय सेनामा भर्ती रोकिएको छ । यो योजना सन् १९४७ को त्रिपक्षीय सन्धि विपरीत भएको भन्दै नेपालले युवाहरू पठाउन अस्विकार गरेको छ ।

अग्निपथ लागु भएपछि भर्ना भएका युवाहरूलाई अग्निवीर भनिन्छ । अग्निवीर मध्ये ७५ प्रतिशतले ४ देखि ६ वर्षपछि सेनामा निरन्तरता दिन पाउँदैनन् । घर फर्किने बेलामा एकमुस्ट रकम पाउने उनीहरूले पेन्सन लगायतका सुविधा प्राप्त गर्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?