+
+
Shares

अर्जुनचौपारीका सभापति अर्याललाई रास्वपाले निलम्बन गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते ११:३८

९ मंसिर, काठमाडौं । रास्वपाले स्याङ्जास्थित अर्जुनचौपारी गाउँपालिकाका सभापति कमलकान्त अर्याललाई पार्टीबाट निलम्बन गरेको छ ।

स्याङ्जा सभापति रुक्मागत भण्डारी (विश्वास) ले पालिका सभापति अर्याललाई निलम्बन गरिएको विज्ञप्ति मार्फत जानकारी गराएका छन् । अर्यालले पार्टीको विधि, विधान र अनुशासन विपरित विभिन्न गतिविधि सञ्चालन गरेको हुँदा उनी माथि छानविन गरेर निलम्बन गरिएको जिल्ला सभापति भण्डारीले बताएका छन् ।

पार्टीले निलम्बन गरेपछि जिल्ला नेतृत्वप्रति रुष्ट बनेका अर्यालले आफ्नो गल्ती सार्वजनिक गर्न माग गरेका छन् । अर्याल अर्जुनचौपारी गाउँपालिकाका रास्वपा संस्थापक सभापति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?