+
+
Shares

सालझण्डीमा नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’ सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते १२:०७
तस्वीर : नेपाली सेना

९ मंसिर,काठमाडौं । रुपन्देहीको सालझण्डीमा नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैनिक तालिम अभ्यास ‘सूर्यकिरण’ सुरु भएको छ ।

नेपाली सैनिक ब्याटल स्कुलमा २०औं संस्करणको अभ्यास आजदेखि सुरु भएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका अनुसार अभ्यासमा मुख्यतया विपद् व्यवस्थापन, जंगल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरूमा दुई देशका सैनिकहरूले सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरूको आदान प्रदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?