तस्वीर : नेपाली सेना
९ मंसिर,काठमाडौं । रुपन्देहीको सालझण्डीमा नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैनिक तालिम अभ्यास ‘सूर्यकिरण’ सुरु भएको छ ।
नेपाली सैनिक ब्याटल स्कुलमा २०औं संस्करणको अभ्यास आजदेखि सुरु भएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका अनुसार अभ्यासमा मुख्यतया विपद् व्यवस्थापन, जंगल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरूमा दुई देशका सैनिकहरूले सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरूको आदान प्रदान गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4