+
+
Shares

३८४ किलो नक्कली महसहित एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते १३:५७

९ मंसिर, काठमाडौं । अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरिरहेको अभियोगमा प्रहरीले काठमाडौंको टोखाबाट एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले टोखा नगरपालिका–१ भण्डारे क्षेत्रबाट नक्कली महसहित धादिङको सिद्धलेक गाउँपालिका–२ का ४४ वर्षीय लक्ष्मण गुरुङलाई पक्राउ गरेको हो ।

निजले अखाद्य पदार्थ मिसावट गरी मह बिक्री गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सो सम्बन्धमा अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?