काठमाडौं । सरोज पौडेल निर्देशित फिल्म ‘सिन्दुरे जात्रा’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले बिहीबार बिग मुभिजमा एक कार्यक्रमको आयोजना गर्दै चार मिनेटको ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरमा कौडाका कारण उत्पन्न हुने परिस्थितिमा उनीहरूको प्रेमले भोग्ने नियतिको कथा देखाइएको छ ।
‘पिरियण ड्रामा’ जनारामा बनेको सिनेमाले तात्कालीन समयमा नेपाली समाजमा पुरुषको अहममा महिला कसरी पितृसत्ताको नियम र नतिजा भोग्न विवश थिए भन्ने कुरालाई प्रस्तुत गरेको ट्रेलरमा देखिन्छ ।

ट्रेलरमा अभिनेता विनोद न्यौपानेको ‘डिल्लीराम’ पात्र प्रेमकथाको प्रमुख बाधकका रूपमा देखिएका छन् । विजय बरालले ‘बाबुराम’ र अञ्जना बराइलीले ‘लक्ष्मी’ को भूमिका निर्वाह गरेका छन् । यी दुई पात्रको प्रेममा डिल्लीरामले सिर्जना गर्ने अवरोधले कथालाई कस्तो मोडमा पुर्याउँछ भन्ने कौतूहल ट्रेलरले जगाएको छ ।
फिल्म मंसिर १८ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
फिल्ममा विजय, अञ्जना र विनोदका अलावा उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राज कटुवाल, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ ।
प्रतिक्रिया 4