+
+
Shares

टेक्सास एजुकेसन नेटवर्कको ‘साइन्स एन्ड आईटी एक्जिबिसन’ मंसिर २३ देखि

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १८:१३

१० मंसिर, काठमाडौं । टेक्सास एजुकेसन नेटवर्क तथा यसका इकाइहरूको आयोजनामा ‘साइन्स एन्ड आईटी एक्जिबिसन २०८३’ को सातौँ संस्करण आगामी मंसिर २३ देखि २५ गतेसम्म आयोजना हुने भएको छ ।

काठमाडौंको मित्रपार्कस्थित टेक्सास एजुकेसन नेटवर्कको परिसरमा तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनी बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछ ।

प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका ७० भन्दा बढी नवीनतम परियोजना प्रस्तुत गरिने आयोजकले जनाएको छ । यसका साथै रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) लगायतका प्रविधिको प्रत्यक्ष प्रदर्शन तथा विद्यार्थीका विशेष प्रस्तुतिसमेत रहनेछन् ।

यस वर्षको प्रदर्शनीमा १५० विद्यालयका २० हजार विद्यार्थी सहभागी हुने आयोजकको अपेक्षा छ । गत वर्ष आयोजित छैटौँ संस्करणमा १३० विद्यालयबाट १८ हजार अवलोकनकर्ताको सहभागिता रहेको थियो ।

विद्यार्थीलाई आफैँ परियोजना निर्माण गरी प्रस्तुत गर्ने अवसर प्रदान गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । यसबाट विद्यार्थीको विज्ञान तथा प्रविधिप्रतिको बुझाइ बलियो बनाउने, आत्मविश्वास अभिवृद्धि गर्ने र प्रयोगात्मक सिकाइमार्फत नवीन सोच तथा सिर्जनशीलतालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

प्रदर्शनीको सातौँ संस्करणको विशेष आकर्षणका रूपमा सम्पूर्ण सहभागी विद्यार्थी तथा अतिथिका लागि निःशुल्क प्रवेश र खाजाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?