+
+

राज कुन्द्रा हिरासतमा, काममा फर्किइन् शिल्पा सेट्टी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १२:४९

पति राज कुन्द्रा पोर्नोग्राफी केसमा हिरासतमा रहेकै समयमा नायिका शिल्पा सेट्टी भने आफ्नो काममा फर्किएकी छिन् । राज पक्राउ परेको ३ सातापछि शिल्पा काममा फर्किएकी हुन् ।

राजलाई प्रहरीले पक्राउ गरेपछि शिल्पाले आफ्नो काम छाडेकी थिइन् । उनी, ‘सुपर डान्सर सिजन ४’को सेटमा फर्किएकी हुन् । हालैमात्र सार्वजनिक भएको एक भिडियोमा शिल्पा आफ्नो भ्यानिटी भ्यानबाट बाहिर निस्किएर छायांकन सेटतर्फ अगाडि बढेको देख्न सकिन्छ ।

उनले मिडियालाई भने कुनै पनि प्रतिक्रिया दिइनन् । राज पक्राउ परेपछि आफ्नो कामबाट टाढा रहेकी शिल्पा विस्तारै पुरानै अवस्थामा फर्किने तयारीमा छिन् । यो रियाटिली शोमा शिल्पा निर्णायकको भूमिकामा छिन् । दर्शकले शिल्पालाई यो शोमा निक्कै रुचाएका पनि छन् ।

शिल्पा ३ सातादेखि यो शोमा उपस्थित भएकी थिइनन् । उनी अनुपस्थित रहँदा कार्यक्रम निर्माण टिमले सेलिब्रिटी गेष्टलाई निमन्त्रणा गरेको थियो । शिल्पाको अनुपस्थितीमा करिश्मा कपुर, जेनेलिया र रितेश देशमुख कार्यक्रममा अतिथी निर्णायकको रुपमा पुगेका थिए । यो शोमा गीता कपुर र अनुराग बसु निर्णायकको रुपमा छन् ।

शिल्पाका पति राज जुलाई १९ मा पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?