+
+

दिलिप कुमारले १ लाख पारिश्रमिक वुझेको ७ दशकपछि साहरुखले लिए सय करोड

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते १२:५३

बलिउडमा नायक तथा नायिकाहरुले लिने पारिश्रमिक निक्कै महंगो छ । अहिले नाम चलेका सुपरस्टारहरु ५० करोड भन्दा बढीको पारिश्रमिक वुझ्ने गर्दछन् । आज भन्दा ७ दशक अगाडि बलिउडका सफल नायक दिलिप कुमारले १ लाख पारिश्रमिक वुझेका थिए । सन् १९४० मा बलिउडमा पाइला राखेका दिलिप कुमारले एक दशकमै आफूलाई सुपरस्टारको स्थानमा उभ्याएका थिए । उनै, दिलिपले चलचित्रमा काम गरेवापत पहिलो पटक १ लाख पारिश्रमिक वुझेका थिए । दिलिप भन्दा अगाडि कुनै पनि नायकले एक लाख पारिश्रमिक लिएका थिएनन् ।

दिलिप कुमारको निधन केही महिना अगाडि मात्र भयो । उनको ६ सय २७ करोड सम्पत्ती रहेको बताइन्छ । दिलिप कुमार पाली हिल बान्द्रामा आलिसान बंगलामा बस्दै आएका थिए । दिलिप कुमारले आफ्नो सम्पत्तीको अधिकांश हिस्सा च्यारेटीमा खर्च गरेका थिए ।

उनै, दिलिपले पहिलो पटक एक लाख पारिश्रमिक वुझेको ७ दशकपछि नायक साहरुख खानले १ सय करोड पारिश्रमिक वुझेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार, साहरुखले यशराज ब्यानरको लगानीमा निर्माण भैरहेको चलचित्र ‘पठान’का लागि एक सय करोड पारिश्रमिक वुझेका हुन् । यो चलचित्रमा साहरुखको रोमान्ससँगै दमदार एक्सन दृश्य समेत हेर्न सकिन्छ ।

चलचित्रमा साहरुखसँगै दिपिका पादुकोण र जोन अब्राहिमको मुख्य भूमिका छ । बलिउडमा सुपरस्टारहरु सलमान खान, अक्षय कुमार, आमिर खानले ५० देखि ६० करोड हारहारीको पारिश्रमिक वुझ्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?