+
+

म्यानमारमा विवादित बौद्ध भिक्षु रिहा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १३:५०

२२ भदौ, काठमाडौं । म्यानमारको सेनाले विवादित बौद्ध भिक्षु असिन विराथुलाई रिहा गरेको छ । राष्ट्रवादी र मुस्लिमविरोधीको रुपमा चिनिएका उनलाई यसअघिको सरकारले राजद्रोहको मुद्दा लगाएको थियो । विराथु यसअघि पनि सेनाको समर्थकको रुपमा चिनिन्थे ।

विराथुलाई ‘बुद्धिस्ट बिल लादेन’को उपमा दिइएको थियो । उनले मुस्लिम समुदाय विशेषगरी रोहिंग्यालाई लक्षित गरेर दिने गरेको भाषणको कारण उनलाई उक्त उपमा दिइएको थियो ।

उनले पछिल्ला केही वर्षमा सैन्य गतिविधिको समर्थन र आङ साङ सुकीलगायतका नेताको विरोध गर्दै आएका थिए । २०१९ मा उनी सरकारविरुद्ध घृणा तथा अपमान फैलाएको आरोपमा पक्राउ परेका थिए । त्यसयता उनीमाथिको मुद्दामा निरन्तर सुनुवाइ चल्दै आएको थियो ।

सोमबार म्यानमारको सेनाले उनीमाथिको सबै मुद्दा खारेज गरिएको बताए पनि यसको कारण भने उसले बताएको छ । साथै उनी अहिले सेनाको अस्पतालमा उपचार गराइरहेको समाचारमा उल्लेख छ । तर, उनको अवस्थाबारे कुनै जानकारी दिइएको छैन ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?