+
+

संखुवासभा सामूहिक हत्या प्रकरण : मृतकको दाहसंस्कार इटहरीमा गरिने

घटनास्थलतर्फ जाँदै डीआईजी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २३ गते १७:३९
फाइल तस्वीर

२३ भदौ, विराटनगर । सोमबार संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेका ६ जनाको दाहसंस्कार सुनसरीको इटहरीमा गरिने भएको छ ।

सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बुढीखोला घाटमा अन्त्येष्टि गरिने भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम भएकाले बुधबार बुढी खोला घाटमा अन्त्येष्टि गरिने मृतकका भतिजा विनोद कार्कीले जानकारी दिए । उनका अनुसार अन्त्येष्टिका लागि तेजबहार कार्कीका कान्छा छोरा रमेश कार्की धरान आइपुगेका छन् । उनी बुधबार बिहानको राति आएका हुन् ।

मादी नगरपालिका–१ उमलिङको खोला गाउँमा बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

शव भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । तर तीन दिनसम्म कुनै निष्कर्षमा पुगेको छैन ।

डीआईजी घटनास्थलतर्फ

प्रदेश १ का डीआईजी अरुणकुमार बीसी घटनास्थलतर्फ लागेका छन् । शंका गरिएको विषयभन्दा वस्तुस्थिति फरक देखिएपछि उनी घटनास्थलतर्फ लागेका हुन् । बुधबार बिहान हिँडेका उनी बेलुकासम्म घटनास्थलमा पुग्ने बताइएको छ ।

झापामा जग्गा खरिद गर्ने तयारीमा रहेका कार्की परिवारको पैसाका लागि हत्या भएको आशंका गरिएको थियो । तर पैसा र गरगहना घरमै भेटिएपछि प्रहरीले सबै कोणबाट अनुसन्धान गरिरहेको छ ।

घटनाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय चैनपुर, जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय इकाई प्रहरी कार्यालय धरान, प्रदेश प्रहरीको रिजनल इन्भेष्टिकेशन टिम (रिट) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटिएको छ ।

संघिय प्रहरी इकाई कार्यालयबाट अनुसन्धानको नेतृत्व गर्दै पुगेका प्रहरी उपरीक्षक भीम दाहालको टोलीले प्राविधिक र अन्य टोली फिल्ड इन्भेष्टिकेशनमा खटिएको प्रहरी स्रोतले बताएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?