+
+

जुत्ता चप्पल लगाउन नपाइने संसारकै अनौठो गाउँ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १३:२३

आजकल मानिसहरु जुत्ता चप्पलविना त एक पाइला पनि हिड्न गाह्रो छ । यद्यपि गाउँघरतिरका कतिपय बुढापाका मानिसहरु भने जुत्ता चप्पल नलगाइकनै हिँडडुल गर्ने तथा मेलापात गर्ने गरेको समेत देखिन्छ ।

उता छिमेकी मुलुक भारतको एउटा गाउँमा त बुढापाका मात्र होइन कसैले पनि जुत्ता चप्पल लगाउन पाइँदैन । गाउँमा बस्ने बच्चादेखि बुढासँग सबैलाई जुत्ता चप्पल लगाउन बन्देज छ ।

दक्षिण भारतीय राज्य तमिलनाडुमा रहेको कलिमायन गाउँ सायद संसारको एकमात्र त्यस्तो गाउँ हो जहाँ मानिसहरुले जुत्ता चप्पल लगाउन पाउँदैनन् ।

यो गाउँ तमिलनाडुको प्रसिद्ध सहर मदुराईबाट ५० किलोमिटरको दूरीमा पर्दछ ।

यो गाउँमा युवा तथा प्रौढ र वृद्धावस्थाका मानिसहरुले त जुत्ता चप्पल लगाउँदैनन् नै । मानिसहरुका आफ्ना बालबालिकालाई समेत जुत्ता चप्पल लगाउन दिँदैनन् । यदि कसैले गल्तीले जुत्ता चप्पल लगाइहालेमा उसलाई कठोर सजायँ दिइन्छ ।

किन लगाइँदैन जुत्ता चप्पल ?

गाउँलेहरुको आस्था तथा विश्वासका आधारमा टिकेको छ जुत्ता चप्पल नलगाउने परम्परा । उक्त गाउँका मानिसहरु सदियौँदेखि अपाच्छी नामक देवताको पूजाआजा गर्दै आएका छन् । अपाच्छी देवताले नै आफुहरुको रक्षा गर्ने उनीहरुको विश्वास छ । आफ्नो रक्षक देवताको पवित्रता तथा आस्थाकै कारण उनीहरुले गाउँको सीमानाभित्र जुत्ता चप्पल लगाउनमा बन्देज लगाएका हुन् ।

गाउँको सीमाभित्र जुत्ता चप्पल लगाउन नपाएपछि गाउँलेहरु सिमाना बाहिर चाहिँ जुत्ता चप्पल लगाउँदछन् । कसैलाई कतै बाहिर जानु पर्‍यो भने गाउँको सिमाना पुग्ने बेलासम्म हातमै जुत्ता चप्पल बोकेर जान्छन् र गाउँको सीमा कटेपछि मात्र लगाउँछन् । त्यस्तै फर्किने बेलामा पनि सीमानामा आएर जुत्ता चप्पल फुकालेर हातमा समाउँदै गाउँमा छिर्दछन् । गाउँका विद्यार्थीहरु पनि जुत्ता चप्पल नलगाइकनै स्कूल जान्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?