+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कैलालीमा लागूऔषधसहित युवती पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १७:४१

२१ असोज, धनगढी । कैलालीमा लागूऔषधसहित एक युवती पक्राउ परेकी छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले डडेल्धुराको अजयमेरु गाउँपालिका–४ की ३४ वर्षीया आशा बिष्टलाई पक्राउ गरेको हो ।

धनगढी उपमहानरपालिका–१३ राजपुरमा कोठा लिएर बस्ने बिष्टलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए ।

उनकाअनुसार बिष्टको कोठाबाट लुकाइछिपाइ राखेको अवस्थामा ९ ग्राम २७० मिलीग्राम ब्राउन सुगर र ४४ ग्राम ७७० मिलीग्राम चरेस बरामद गरिएको छ भने १२ हजार दुई सय रुपैयाँ नगद फेला परेको छ । उनीमाथि लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?