+
+

यात्रुसँग बढी भाडा लिएको आरोपमा ७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १०:५४

२५ असोज, काठमाडौं । चाडपर्व मनाउनका लागि काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुसँग बढी भाडा लिएको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।

चाडपर्व मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिन खोजेको पाइएपछि ७ जनालाई सोमबार बिहानै नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

परिचय पत्र नभएका उनीहरुले आफूलाई टिकट काउन्टरको कर्मचारी हुँ भन्दै अनाधिकृत रूपमा भाडा उठाइ रहेको अवस्थामा नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार कोटेश्वर क्षेत्रको काउन्टरबाट खोटाङ ऐशेलुखर्क-३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खु  क्षेत्रको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भिमफेदीका प्रेम घिमिरे र बारा जितपुरका विशाल लामा पक्राउ परेका हुन् । नियन्त्रणमा लिइएका सातै जनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?