+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भोलिदेखि तामाकोसीबाट बिजुली उत्पादन रोक्ने कर्मचारी युनियनको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १०:५०

१६ कात्तिक, काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा करार सेवामा काम गरिरहेकालाई स्थायी गर्न माग गर्दै कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले भोलि बुधबारदेखि माथिल्लो तामाकोसी आयोजनाबाट अनिश्चितकालको लागि विद्युत् उत्पादन नै बन्द गर्ने निर्णय गरेका छन् ।

आयोजना व्यवस्थापनसँग यसअघि भएको सहमतिअनुसार करारका कर्मचारीलाई स्थायी नगरी ज्यालादारी कर्मचारी भर्ना गर्न प्रक्रिया अघि बढाएको भन्दै माथिल्लो तामाकोसी स्वतन्त्र कर्मचारी युनियनले भोलिदेखि आयोजनाका सबै प्लान्टबाट उत्पादन ठप्प पार्ने निर्णय गरेको हो ।

आयोजना अनिश्चितकालीन लागि बन्दको चेतावनी, कम्पनीले सम्झायो ६ वर्ष जेल सजायको व्यवस्था

आन्दोलित कर्मचारीसँग केही दिनदेखि वार्ता भइरहेपनि भंग गरेर युनियनले आफ्नो पूर्वघोषित कार्यक्रमअनुसार बुधबारबाट प्लान्ट बन्द गर्ने निर्णय गरेको छ । तिहारमै महत्वपूर्ण आयोजना बन्द हुने भएपछि अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आन्दोलनमा सहभागी नहुन र काममा फर्किन कर्मचारीलाई विज्ञप्तिमार्फत आग्रह गरेको  छ ।

तामाकोशी हाइड्रोपावर लिमिटेडले कर्मचारीले आन्दोलन गरेर उत्पादन बन्द गराएमा कानुनअनुसार कडा कारवाही चेतावनी दिएको छ । विद्युत् अत्यावश्यक सेवा भएकाले हड्ताल गरेर सेवा अवरुद्ध गरे ६ वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था रहेको कम्पनीले स्मरण गराएको छ ।

कम्पनीले तिहार पर्वमै लक्षित गरेर गरिएको आन्दोलन तुरून्तै फिर्ता लिन आग्रह गरेको छ । वार्तामार्फत नै समस्याहरुको निकास खोजिने भन्दै कर्मचारीलाई धम्क्याएर ड्युटी गर्न नदिनेजस्ता गैरकानुनी काममा संलग्न नहुन र युनियनको घोषित कार्यक्रममा सहभागी नहुन सबै कर्मचारीलाई अनुरोध गरेको छ ।

कम्पनीले तिहार र छठपछि वार्तामार्फत समस्या समाधानका लागि फेरि पहल थाल्ने विज्ञप्तिमार्फत बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?