+
+

सिरहाबाट ब्राउन सुगरसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १२:३१

५ मंसिर, जनकपुरधाम । सिरहा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

नरहा गाउँपालिका वडानम्बर ३ स्थित डण्डाटोल जाने बाटोबाट सोही ठाउँका २१ वर्षीय इन्दलकुमार यादव तथा २० वर्षीय कपिल महरालाई पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले बताए ।

उनका अनुसार यी दुवैको साथबाट ४ ग्राम, ५० मिलिग्राम ब्राउनसुगर र नाइट्रोभेट टेन लेखिएको दुई वटा ट्याब्लेट बरामद भएको छ ।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?