+
+

कृष्ण पौडेलको ‘विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म’ पुस्तक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते १४:४०

१६ माघ, काठमाडौं । आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलले लेखेको ‘विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा ढुङ्गेयुगदेखि विद्युतीय चमत्कारसम्मका मानिसले हासिल गरेका प्रगति, उपलब्धि र वैभवका अन्तरकथा समेटिएको छ ।

लेखक पौडेलले भने, ‘पुस्तकमा मूलतः सुमेर सम्यताको मिर्मिरेदेखि सिलिकन भ्यालीसम्मको क्रान्तिकारी छलाङका रोमान्टिक परिकघटनाहरु समावेश गर्ने कोशिश गरेको छु । युद्ध र प्रतिकूलताका कठिन र निरस विवरण मात्रै नभई विजय, शान्ति र सिर्जनाका अभिलेख, धार्मिक-सांस्कृतिक जडताले अन्धकारमय बनेका प्राचीनता एवं नवीन किरणहरुले प्रकाशमय आधुनिकताका सन्दर्भहरु पनि यस पुस्तकमा छन् ।’

म्याग्दीमा जन्मिएका लेखक पौडेल डेनमार्कमा बस्दै आएका छन् । बुकहिल पब्लिकेसनले प्रकाशन गरेको सात खण्डमा विभाजित २९६ पृष्ठको पुस्तकको मूल्य ५५५ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?