+
+

दोहामा ग्राउण्डेड नेपाल एयरलाइन्सको जहाजलाई इन्जिन भाडामा लिएर उडाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १५:४६

२४ माघ, काठमाडौं । इन्जिनमा समस्या आएपछि कतारको दोहामा थन्किएको ए–३२० जहाजलाई इन्जिन भाडामा लिएर उडाइने भएको छ ।

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार यो जहाज २८ डिसेम्बर २०२१ देखि कतारमा ग्राउण्डेड छ । काठमाडौंबाट दोहा पुगेको जहाज सुरक्षित अवतरण भएपछि पार्किङ गर्ने क्रममा एउटा इन्जिनमा समस्या देखिएको थियो ।

कतारस्थित कतार एयरवेजका इन्जिनियरले जहाजको निरीक्षण गरेको र सो क्रममा जहाजको बाँया इन्जिनमा आन्तरिक खराबी पहिचान भएको पाइएको छ । सो टीमले इन्जिन फेर्न समेत राय दिएको उनले बताएकी छिन् ।

नेपाल एयरलाइन्सले त्यसपछि इन्जिन उत्पादनकर्ता पीडब्लू/आईएईसँग परामर्श लिएको र सो क्रममा इन्जिन फेरेर मर्मत गर्न सुझाव आएको समेत खड्काले बताएकी छन् । यस अवस्थामा निगमले जहाजलाई उडाइराख्न भने इन्जिन भाडामा लिने भएको छ । त्यसका लागि ९ जनवरी २०२२ मा बोलपत्र आह्वान गरिएको थियो ।

बोलपत्रबाट एमटीयू मेन्टिनेन्स लेन्स सर्भिसबाट इन्जिन भाडामा लिइने भएको छ । यसका लागि प्रक्रिया अगाडि बढेको खड्काले जानकारी गराएकी छन् । बिग्रिएको इन्जिनको मर्मतका लागि भने नेवानिले २४ जनवरी २०२२ मा बोलपत्र आह्वान गरेको छ । सो प्रस्तावबाट छनोट हुने कम्पनीले इन्जिन मर्मत गर्ने भएको समेत नेपाल एयरलाइन्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?