
१ फागुन, बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा फागुन ३ गते लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिने भएको छ । यसअघिको शंकर पोखरेल नृतृत्वको सरकारले दिँदै आएको विदालाई अहिलेको सरकारले पनि निरन्तरता दिएको हो ।
सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा फागुन ३ गते मनाउने भएको निर्णय गरेको छ । यसअघि अस्थायी मुकाम बुटवलमा मनाउने गरिएको थियो । यस वर्ष स्थायी राजधानीको अपनत्व लिन दाङको भालुबाङमा स्थापना दिवस मनाउने निर्णय गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताए ।
स्थापना दिवसमा सरकारले घोषणा गरेको पदक र विभूषित हुने संस्था र व्यक्तिहरू, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिहरूलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको शर्माले जानकारी दिए ।
कार्यक्रममा मन्त्रालयहरूले गरेको प्रगति प्रतिवेदन, प्रदेशको डकुमेन्ट्री सार्वजनिक तथा पदक र विभूषण वितरण गरिने उनले बताए ।
प्रतिक्रिया 4