+
+

राप्ती नदी किनारमा पुरुषको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते १२:०८

६ फागुन, दाङ । दाङको राप्ती नदी किनारमा एक पुरुषको शव भेटिएको छ ।

गत फागुन १ गतेदेखि हराइरहेका गढवा गाउँपालिका-३ का ५४ वर्षीय ल्याप्टेन चौधरीको शव बिहीबार बेलुका ९ बजे राप्ती नदी किनारमा शव भेटिएको प्रहरीले जनाएको छ ।

गढवा गाउँपालिका-२ पचाह-अर्ना किनाराको घाटमा चौधरीको शव मृत अवस्थामा भेटिएको हो ।

शवको पोष्टमार्टमका लागि लमही अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?