+
+

नक्कली सुनको गहना बेचेको आरोपमा बुढानीलकण्ठबाट एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते २०:२५

६ फागुन, काठमाडौं । प्रहरीले नक्कली सुनको गहना बेचेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहा कल्याणपुर घर बताउने बर्ष ३२ को पङ्कज कुमार गुप्ता रहेका छन् ।

विशेष सूचनाको आधारमा उनलाई महानगरी प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले फागुन ४ गते पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले २ थान सुनको सिक्री, मोबाइल, सवारीचालक अनुमति पत्र बरामद गरेको छ ।

उनले ललितपुर सातदोबाटोस्थित बिनोद बिश्वकर्माले सञ्चालन गरेको ओम लक्ष्मी सुनचाँदी पसलमा एक/एक (१/१) तोलाको सुनको सिक्री बेचेको प्रहरी समक्ष बयान दिएका छन् ।

पक्राउ परेका उनीमाथि ठगी मुद्दामा ५ को म्याद अनुमति लिई महानगरीय प्रहरी बृत्त महाराजगबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?