+
+

बागमती प्रदेश खेलकुद प्रतियोगिता फागुन २८ देखि

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते ९:५७

२३ फागुन, काठमाडौं । बागमती प्रदेशले प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको खेल तालिका सार्वजनिक छ । हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा मुख्यमन्त्री राजेन्द्र पाण्डेले फागुन २८ गते प्रतियोगिताको उद्घान गर्ने छन ।

मुल आयोजक कमिटीले सार्वजनिक गरिएको खेल तालिका अनुसार मकवानपुरको हेटौंडाले तीन खेलको आयोजना गर्ने अवसर पाएको छ ।

पिप्ले क्याम्पा रंगशालामा फाल्गुन २९ देखि पुरुष फुटबल हुँदैछ । थानाभर्याङ कभर्डहलमा फाल्गुन २९ देखि नै व्याडमिन्टन हुनेछ  भने भुटनदेवी स्कुलमा चैत्र ५ देखि तेक्वान्दो हुने छ ।

त्यस्तै चितवनमा फागुन ३० गतेदेखि भलिबल र क्रिकेट एकै साथ सुरु हुनेछन् । माडी खेल मैदानमा महिला तथा पुरुष भलिबल र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा महिला तथा पुरुष क्रिकेटका खेलहरु संचालन हुने छन् ।

त्यस्तै काठमाडौंको दशरथ रंगशालामा चैत्र ६ देखि एथ्लेटिक्स हुने छ । समापनसहित दुई खेलको आयोजना गर्ने अवसर काभ्रले प्राप्त गरेको छ ।

महिला फुटबल चैत्र ७ देखि धुलिखेल फुटबल मैदानमा सुरु हुने छ । चैत्र ९ देखि काभ्रेपलाञ्चोकमा बक्सिङ हुने छ । सिन्धुपाल्चोकमा चैत्र ७ गतेदेखि कराते सुरु हुनेछ । प्रतियोगिताको समापन चैत्र १२ गते काभ्रेपलाञ्चोकमा हुनेछ ।

प्रतियोगितालाई भव्य, व्यवस्थित र पारदर्शी बनाउन मुल आयोजक समितिकाका साथै ६ वटा उपसमिति र ८ वटा प्राविधिक समिति गठन गरिएको छ ।

प्रतियोगितामा महिलातर्फ ९३९ र पुरुषतर्फ १२४९ गरी कुल २१८८ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । अफिसियल र निर्णायकको संख्या ४५६ रहने छ ।

प्रतियोगितामा करिब ८ करोड ४ लाख खर्च हुने अनुमान गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले जानकारी गराए ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ र प्रत्येक खेलाडीको बिमाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?