+
+

तेलङ्गानाको काठ गोदाममा आगलागी हुँदा ११ जना मजदुरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते ११:०४

९ चैत, काठमाडौं । भारतको तेलङ्गानास्थित एक काठ गोदाममा आगलागी हुँदा ११ जना मजदुरको मृत्यु भएको छ ।

तेलङ्गानाको सेकुन्दराबादस्थित काठ गोदाममा बुधबार बिहान भीषण आगलागी हुँदा ११ जना मजदुरको मृत्यु भएको भारतीय समाचार माध्यमले जनाएका छन् । मृत्यु हुने मजदुरहरू बिहारका रहेका पनि समाचारमा बताइएको छ ।

समाचार अनुसार गोदाममा काम गर्ने मजदुर सुतिरहेका बेला आगो लागेको थियो । गोदाममा बाहिर निस्कने एउटा मात्रै भर्‍याङ रहेका कारण दर्जन बढी मजदुरभित्रै फस्न पुगेका थिए ।

गोदाममा फसेका केही मजदुरले पहिलो तलाबाट हाम फालेर बाहिर निस्किए पनि बाँकी मजदूरले ज्यान गुमाउन पुगेको प्रहरीको भनाइ छ । अधिकारीहरूले बिजुली सट भएर काठ गोदाममा आगलागी भएको आशंका गरेका छ । हाल उक्त घटनाको छानबिन भइरहेको समाचारमा उल्लेख छ ।

तेलङ्गानाका मुख्यमन्त्री के चन्‍द्रशेखर राओले घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकलाई जनही पाँच लाख दिने बताएका छन् । उनले मृतकको शव घर पठाउने व्यवस्था गर्नसमेत निर्देशन दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?