+
+

मञ्जुलाई ‘मिसेस ब्युटी क्विन’ को उपाधि

रासस रासस
२०७८ चैत १३ गते १०:२६
Photo Credit : Season Media

१३ चैत, काठमाडाैं । सिजन मिडियाद्वारा आयोजित ‘लेट मि इन मिसेस ब्युटी क्विन २०७८’ को उपाधि काठमाडौंको गोठाटारकी मञ्जु डोटेलले हात पारेकी छन् । बाह्र प्रतियोगीलाई पछि पार्दै उपाधि चुम्न सफल डोटेलले पपुलर र मल्टिमिडिया अवार्डसमेत जितेकी छन् ।

शनिबार राति काठमाडौंमा भएको फाइनल प्रतिस्पर्धामा धनगढीकी निरु सिंह फस्ट रनरअप र पोखराकी दुर्गा लामिछाने सेकेण्ड रनरअप हुन सफल भइन् । प्रतियोगितामा सावित्री पाण्डे र सीता पाण्डे क्रमशः थर्ड र फोर्थ रनरअप हुन सफल भए भने मीना महर्जनले अर्गनाइजर च्वाइस अवार्डको उपाधि प्राप्त गरेकी छन् ।

अन्तिम प्रतिस्पर्धामा निरु सिंहले इलिगेन्स अवार्ड, सविता पोखरेलले ब्युटीफुल स्किन, सावित्री पाण्डेले भ्युअर च्वाइस, सुमिता तामाङ गुरुङले इनोसेन्ट, दुर्गा लामिछाने र इन्टेलिजेन्स अवार्ड प्राप्त गरे ।

यस्तै सविना आले मगरले फेसनेवल, रुपा परियारले मोष्ट ट्यालेन्टेड, सुमित्रा पराजुलीले डिसिप्लिन, सीता पाण्डेले वेष्ट वाक, प्रेरणा सिंजापति बरालले फोटोग्राफिक, मीना श्रेष्ठले वेष्ट पर्सनालिटी अवार्ड प्राप्त गरे ।

कूल २० प्रतिस्पर्धीमध्येबाट छनोट भएर आएका १२ जना अन्तिम प्रतिस्पर्धामा सहभागी भएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । गत फागुनमा १५ बाट सुरु भएको प्रतियोगिताको यो पाँचौँ संस्करण हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?