+
+

आयोग भन्छ : चुनावका लागि वैदेशिक सहयोगको संकेत आएन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १७:२७

५ चैत, काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि वैदेशिक सहयोग प्राप्त नभएको बताएको छ ।

सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो बताएका हुन् ।

पत्रकारहरुले वैदेशिक साहायता के कस्तो प्राप्त भयो भनी प्रश्न गरेका थिए । जवाफमा उनले आयोगले सहयोगका लागि आह्वान गरेको तर, हालसम्म सहयोगको कुनै आश्वासन वा संकेत प्राप्त नभएको जानकारी दिए ।

‘आयोगले अर्थमन्त्रालयसँगको समन्वयमा सबै दाताहरुसँग जुम मिटिङ गरेको थियो । जुम मिटिङमा त्यति उत्साहजनक प्रतिबद्धता प्राप्त भएन’, उनले भने ।

प्रवक्ता पौडेका अनुसार आयोगले यो सामान उ सामान नभनेरै वैदेशिक सहयोगको आह्वान गरेको थियो ।

‘उहाँहरुले नगद सहयोग गर्न पनि सक्नुहुन्छ । मतपेटिका सहयोग गर्न सक्नुहुन्छ । स्वस्तिक छाप, जसले जे सक्छ त्यही सहयोग गर्न सक्छ । निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्री सबैलाई थाहा छ । रबरम्याट सहयोग गर्न सक्नुहुन्छ’ पौडेलले भने ।

वैदेशिक साहायता प्राप्त भएको भए नेपाल सरकारको बजेट बचत हुन्थ्यो भन्ने आयोगलाई लागेको तर, कुनै पनि खालको सहयोगको आश्वासन वा संकेत प्राप्त नभएको भन्दै उनले थपे, ‘अर्थमन्त्रालयकाले उपलब्ध गराएको बजेटबाटै सामग्रीहरु खरिद गरेका छौं । अब सहयोगको त्यति धेरै सान्दर्भिकता पनि रहेन ।’

तथापि, तालिमलगायतका विषयमा दुई वटा विकास साझेदार संस्थाहरुबाट सहयोग प्राप्त भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?