+
+

काठमाडौंको मेयर उम्मेदवारमा कांग्रेसले गरेको सिफारिसप्रति विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १०:५१

९ वैशाख, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आफूहरुको नाम मेयरको लागि सिफारिस नगरेको भन्दै आकांक्षीहरुले विरोध जनाएका छन् ।

महानगर समितिले बिहीबार कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी श्रृजना सिंह, नगर सभापति निलकाजी शाक्य, प्रगतीमान रञ्जित र हरिप्रभा खड्गीको नाम सिफारिस गरेको थियो ।

सिफारिसमा नपरेका बाबुराम आचार्य र सागर भट्टराईले संयुक्त विज्ञप्ति निकालेर आफूहरुलाई सिफारिस नगरिएको भन्दै विरोध जनाएका हुन् । काठमाडौंको मेयरका आकांक्षीहरु सबैसँग छलफल गरेरमात्र पुनः नाम सिफारिस गर्न उनीहरुले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?