+
+
टिकट वितरणमा असन्तुष्टि :

तनहुँमा कांग्रेसका वरिष्ठ नेता पौडेल निकट ७ जनाले दिए सामूहिक राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १५:५६

१३ वैशाख, तनहुँ ।  टिकट वितरणमा असन्तुष्टि जनाउँदै तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट ७ जना कांग्रेस नेता/कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस तनहुँका पूर्वजिल्ला सचिव (हाल संगठन विभाग प्रमुख) विश्व वास्तोला, कांग्रेस महासमिति सदस्य महेश्वर भट्टराई, क्रियाशील सदस्यहरु चुडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घ थापा, ऋषिराम महत र बाबुराम बगाले लगायतले राजिनामा दिएका हुन् ।

स्थानीय तहको टिकट वितरणमा पार्टीले योगदान गरेकालाई भन्दा पैसामा बिकेर टिकट दिएको आरोप लगाउँदै उनीहरुले स्वतन्त्र रहने घोषणा गरेका हुन् ।

राजीनमा दिएका महश्वेर भट्टराईले शुक्लागन्डकीको मेयरमा, दाहालले व्यास नगरपालिका-१ को वडाध्यक्षमा, थापाले व्यास नगरपालिका-२ को वडाध्यक्षमा, पौडेलले शुक्लागन्डकी नगरपालिका- ३ को वडाध्यक्ष र महतले शुक्लागन्डकी नगरपालिका- ८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?