
२ जेठ, बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ३ को वडाध्यक्षमा विष्णु ढकाल विजयी भएका छन् । नेकपा एमालेका घनश्याम चापागाईंलाई ९ अन्तरले पछि पार्दै ढकाल निर्वाचित भएको निर्वाचन अधिकृत लेखनाथ पौड्यालले जानकारी दिए ।
माओवादी केन्द्रका ढकाल रुख चुनाव चिह्नबाटै चुनाव लडेका थिए । वडा सदस्यमा चारै जना कांग्रेस उम्मेदवारहरुले जितेका छन् ।
निर्वाचन आयोगका अनुसार सदस्य पदमा आई प्रसाद राई र आदिल अहमद, महिला सदस्यमा निलम गौतम र दलित महिला सदस्यमा प्रेमशिला धोबी निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4