
३ जेठ, काठमाडौं । धादिङको धुनबेंसी नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्य निर्वाचित भएका छन् ।
२०७४ सालको निर्वाचनमा पनि विजयी भएका आचार्य ८ हजार ७०६ मत पाउँदै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार रामराजा पाण्डेले ६ हजार ५९२ मत ल्याए ।
यसैगरी धुनीबेंसीको उपमेयरमा नेपाली कांग्रेसका सुरज उप्रेती निर्वाचित भएका छन् । उनले ८ हजार ३८७ मत पाउँदा प्रत्यासी एमालेकी मन्दिरा श्रेष्ठले ६ हजार ४७० मत पाइन् ।
यो नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए ।
२०७४ सालको निर्वाचनमा धुनीबेंसीको मेयर र उपमेयर दुवै पदमा एमालेले विजयी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4