+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बलात्कार मुद्दामा हदम्याद बढाउन नेविसंघको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १९:२७

८ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघले बलात्कारको घटनामा हदम्यादको व्यवस्था संशोधन गर्न माग गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मालाई संघले ज्ञापनपत्र बुझाउँदै तर नेपालमा बलात्कार सम्बन्धी व्यवस्था संशोधन गर्न माग गरिएको छ ।

‘बलात्कारविरुद्ध मुद्दा दर्ता गर्ने हद म्याद एक वर्ष मात्रै रहेको व्यवस्थाले गर्दा धेरै पीडितहरु न्याय खोज्नबाटै वञ्चित हुनु परिरहेको छ ।’ संघका अध्यक्ष दुजाङ शेर्पाले भने,‘यौन हिंसाबाट पीडितलाई विशेष न्याय सम्पादन ऐनको तर्जुमा गरी पीडितलाई न्याय दिलाउन मन्त्री जीलाई सुझाव दिएका छौं ।’

मुलुकी फौजदारी संहिता, २०७४ को बलात्कार सम्बन्धि प्रावधान (दफा २२९) संशोधन गरी बलात्कारविरुद्ध मुद्दा दर्ता गर्न पाउने हदम्याद लम्ब्याउन संघले माग गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?