+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

असारदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने, खनेको पाइए कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते ८:५१

२५ जेठ, काठमाडौं । आगामी तीन महिना सडक विभाग मातहतमा रहेका सडक खन्न नपाइने भएको छ । सडक विभागले सूचना जारी गरी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने र जबरजस्ती खनेमा कारबारी गर्ने चेतावनी दिएको हो ।

विभाग मातहतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना जारी गरी बर्खायाम सुरु भइसकेकोले असार १ गतेदेखि भदौ मसान्तसम्म विभिन्न प्रयोजनका लागि सडक खन्ने वा भत्काउने काम रोक्न भनेको हो ।

मुख्य गरी काठमाडौं उपत्यकामा धारा, ढल, बिजुली, टेलिफोनलगायत मर्मतका लागि सडक भत्काइने भएकोले बर्खामा यसले गर्दा सडक बिग्रिने र तत्काल मर्मत गर्न नसकिने भएकोले यस्तो काम तीन महिना बन्द गर्न सूचनामा उल्लेख गरिएको छ ।

यदि सडक डिभिजन कार्यालयले स्वीकृति नदिंदा पनि सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने अनुगमन कार्यालयले चेतावनीसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?