+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सीसीटीभी फुटेज डिलिट अर्थमन्त्रीको अर्को अपराध : उपमहासचिव ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १८:५७

२० असार, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको बेलाको सिसीटिभी फुटेज डिलिट गरेर अर्को अपराध गरेको टिप्पणी गरेका छन् ।

अर्थमन्त्रीमाथि बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएर व्यापारीको स्वार्थमा करको दर हेरफेर गराएको आरोप लागिरहेका बेला उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हक प्रयोग गरेर सीसीटीभी फुटेज माग्दा अर्थ मन्त्रालयले डिलिट भइसकेको जवाफ दिएको थियो ।

यस विषयमा सोमबार संघीय संसद भवनमा पत्रकारहरुमाझ उपमहासचिव ज्ञवालीले सो घटनाको सिसीटिभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले त्यसमा गम्भीर घोटाला भएको आफैंले पुष्टि गरेको जिकिरसमेत गरे ।

‘वास्तवमा यो दोहोरो अपराध हो । बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरुको उपस्थितिमा करका दरहरुको हेरफेर यो एउटा जघन्य अपराध त छँदैथियो । यो अपराधलाई लुकाउनका निमित्त त्यस सम्बन्धी प्रमाण नष्ट गर्नका लागि यदि साँच्चैनै सिसीटिभी फुटेज नष्ट गरिएको हो भने अर्को ठूलो अपराध हो’ उनले भने ।

उनले यो घटनामा संलग्नहरुमथि अविलम्ब छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । ‘एउटा बदमासीलाई ढाकछोप गर्नका लागि अर्को बदमासी पनि गरिएको छ । जुन अक्षम्य हो भन्ने हाम्रो मान्यता छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?