+
+

गहुँ र चिनीको प्रतिबन्ध हटाउने कुरा भइरहेको छ : राजदूत श्रीवास्तव

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ११ गते १५:३३

११ भदौ, काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध हटाउने विषयमा कुराकानी भइरहेको बताएका छन् ।

शनिबार धरानमा उद्योग वाणिज्य संघ सुनसरीले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले गहुँ र चिनी आयातमा भारतले लगाएको प्रतिबन्ध हटाउने विषयमा कुराकानी भइरहेको बताएका हुन् ।

‘नेपालसँग आर्थिक र वाणिज्यको सम्बन्ध झनै प्रगाढ र सुदृढ होस् भन्ने भारतका जनता र सरकार चाहन्छ । यो क्षेत्रमा भारतसँग नेपालको व्यापार धेरै नै छ; उनले भने, ‘हामी चाहन्छौं कि यसलाई अझै बढाउनुपर्छ । यसमा मिरगञ्जको पुल, नयाँ आयात गहुँ र चिनीमा जुन आश छ, यसबारेमा पनि कुराकानी भइरहेको छ ।’

राजदूत श्रीवास्तवले मिरगञ्ज पुल निर्माणका लागि बिहार प्रदेश र केन्द्र सरकारसँग कुराकानी गरिसकेको पनि बताए । उनले पुल निर्माण कार्य चाँडै सकिने पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?