+
+

कञ्चनपुरमा रोकिएको बससँग विङ्गर ठोक्किदा १३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते १५:२०

२० वैशाख, धनगढी। कञ्चनपुरमा रोकिएको बससँग विङ्गर ठोक्किदा १३ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका-२ मछेली पुल नजिकै सडक छेउमा रोकिएको  से १ ख ११९४ नम्बरको बससँग से १ ज ९५४ नम्बर गाडी ठोक्किदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था मध्‍यम छ भने ६ जना समान्य छन् । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

बस बिग्रिएर सडकमा रोकेका बेला विङ्गरले पछाडिबाट ठक्कर दिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?