
६ जेठ, बुटवल । चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलका अनलाइनखबरकर्मी टोपराज शर्मालाई एनबी चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
रुपन्देहीका स्वर्गीय पत्रकार एनबी कंडेलको स्मृतिमा संघले स्थापना गरेको उक्त पुरस्कार संघको स्थापना दिवसको अवसरमा शनिबार प्रदान गरिएको हो ।
शर्मालाई गायिका देविका बन्दना र स्वर्गीय कंडेलकी धर्मपत्नी मञ्जु कंडेलले नगद १० हजारसहित कदरपत्र प्रदान गरेका थिए ।
शर्मासंगै संघले नवोदित चलचित्र पत्रकारिता पुरस्कार खस्यौली साप्ताहिकका पत्रकार वीरेन्द्र कुँवरलाई प्रदान गरेको छ । उक्त पुरस्कारको राशी ५ हजार रुपैयाँ रहेको छ ।
सो अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, जनपत्रकार संगठनका विनोद खनालले चलचित्र पत्रकारितालाई गुणस्तरीय र मर्यादित बनाउनुपर्ने सुझाव दिएका थिए ।
प्रतिक्रिया 4