
२९ जेठ, काठमाडौं । रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापना अध्ययन समितिले प्रतिवेदन बुझाएको छ । समितिले ४५ दिन अध्ययन, अनुसन्धन गरी प्रतिवेदन तयार गरेको हो ।
प्रतिवेदनमा रैथानेको परिभाषा, विभिन्न जातिका सीप, कला संस्कृतिलाई चिनाइको छ । विश्वविद्यालय सञ्चालन गर्न राज्यलाई कम भार पर्ने समुदायगत सहभागिता (गुठियार) पद्धति समावेश गर्न सिफारिस गरिएको समितिका सदस्य प्राज्ञ राजन मुकारुङ्ले बताएका छन् ।
डाक्टर मानबहदुर विकको संयोजकत्वमा बनेको ५ सदस्य समितिले ३३ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनको गहिरो अध्ययन गरी विद्यालय स्थापना प्रक्रियाका बाँकी काम अगाडि बढाइने संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले बताए ।
समितिको सदस्यमा प्राज्ञ राजन मुकारुङ, मुन्धुमविद् भोगिराज चाम्लिङ, कानुनविद् गिता चौधरी र सदस्य सचिवमा डाक्टर सुरेश सुरस थिए ।
प्रतिक्रिया 4