
४ साउन, काठमाडौं । पार्टीभित्र एकले अर्कोले आरोप प्रत्यारोपमा लाग्दा कांग्रेस कमजोर भएको केन्द्रीय सदस्य उदयशमसेर राणाले बताएका छन् ।
पार्टीभित्रै एकले अर्कोलाई हिलो छ्याप्ने कामले पनि निराशा जगाएको पार्टी पंक्तिमा निराशा आएको राणाले बताए ।
आन्तरिक विवादले आफूभित्र लड्ने भन्दा पनि अरु शक्तिसँग प्रतिस्पर्धा गर्न पार्टीभित्र तयारी हुनुपर्ने उनले बताए ।
‘शुद्धीकरण सबैलाई चाहिएको छ । शुद्धीकरणका नाममा आफूले आफूलाई गाली गरेर रुपान्तरण हुँदैन,’ राणाले भने ।
१८ वर्षदेखि ३५ वर्षका युवाहरु कांग्रेसतिर आकर्षित नभएको बैठकमा राणाले सुनाए । संसदमा कांग्रेस प्रस्तुति अन्यको तुलनामा कम भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4